ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ,
नेपालमा आज सोमबार ७४३ जनामा कोरोना भाईरस (कोभिड १९) सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७४३ जनामा कारोना सँक्रमण देखिएको हो । देशभरका विभिन्न सेन्टरमा भएको १० हजार २३४ पिसिआर परिक्षण गर्दा ७४३ जनामा कोरोनासँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
काठमाडौं उपत्याकामा २२४ जनामा कोरोना
उनका अनुसार काठमाडौं उपत्याकामा २२४ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना सँक्रमित रहेका छन् ।
यस्तै बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९/१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८/१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाही र बाँकेका ८/८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५/५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४/४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३/३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २/२ मा संक्रमण देखिएको छ ।
यस्तै इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एकएक संक्रमित थपिएका छन् ।यो सँगै हालसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या ३२ हजार ६७८ जना पुगेको पनि डा. गौतमले बताए ।
यस्तै ११ हजार २७५ जना व्यक्तिहरु मुलुकका विभिन्न क्वारेन्टाईन सेन्टरमा रहेको पनि डा. गौतमले बताए । यस्तै पछिल्लो २४ घन्टामा १७५ जना कोरोना मुक्त भएको पनि डा. जागेश्वर गौतमले बताए । हाजसम्म कोरोनालाई जितेर देशभरमा १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । यस्तै मुलुकभरका विभिन्न आईसोलेसन सेन्टरमा यतीबेला १३ हजार ७१५ जना उपचाररत रहेको पनि डा. गौतमले बताएका छन् ।
थप ८ जनाको मृत्यु
यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ । सुनसरी, मोरङ, पर्सा, काठमाडौंका , एक / एक जना, रुपन्देहीका ४ जना गरी जम्मा५ जना पुरुष र ३ जना महिलाको निधन भएको हो । योसँगै मुलुकमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १५७ जना पुगेको छ ।