आज ५२५ जनामा सँक्रमण, कोरोनाबाट थप ४ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ साउन

नेपालमा आज बिहिबार ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ९ हजार ८५९ पिसिआर परीक्षण भएकामा ५२५ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १२७ सँक्रमित
डा गौतमका अनुसार आज काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।
यस्तै मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०र०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

यस्तै इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३र३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २र२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १ र १ मा कोरोना संक्रमण पुष्टि भएको पनि डा. गौतमले जानकारी गराए । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९५७ पुगेको पनि डा. गौतमले बताए ।

डा. गौतमका अनुसार यतीबेला देशभरका आईसोलेसन सेन्टरमा ८ हजार २५ सँक्रमितको उपचार भईरहेको छ । यस्तै आज विभिन्न क्वारेन्टिमा १४ हजार ७६९ जना रहेका छन् ।

डा. गौतमका अनुसार कोरोना जितेर पछिल्लो २४ घन्टामा १०९ जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म नेपालमा कोरोनालाई जितेर कुल १६ हजार ८३७ जना डिस्चार्ज भईसकेका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या ९५ जना पुगेको पनि डा. गौतमले बताए ।