ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन,
नेपालमा आज बुधबार थप ४८४ जनामा कोरोना सँक्रमण भएकोमा ती मध्य १३९ जना संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् ।
काठमाडौंमा कोरोना सँक्रमण दिन दिने बढेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनका अनुसार काठमाडौं जिल्लामा मात्र पछिल्लो २४ घन्टामा १०९ जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो ।
यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको पनि डा. गौतमले बताए । यता ललितपुरमा २१ जनामा र भक्तपुरमा ९ जनामा कोरोना देखिएको पनि डा. गौतमले बताए । मन्त्रालयले सँक्रमितहरुको स्थान खुलाएको छैन ।