एजेन्सी
मुम्बई, २८ साउन
चार दिन देखि अस्पताल भर्ना भएको बलिउड अभिनेता संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको अस्पतालले जनाएको छ । नानावती अस्पतालको रिपोर्ट अनुसार उनलाई फोक्सोमा क्यान्सर भएको हो ।
हिजो दिउँसोसम्म चाँडै निको हुन्छु भन्ने विश्वास लिएका यी अभिनेतालाई हिजो बेलुका क्यान्सर भएको जानकारी आएपछि संजय स्तब्ध बनेका छन् । उनको आमाको पनि क्यान्सरबाटै निधन भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि शनिबार बेलुका अस्पताल भर्ना भएका संजयको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । तर उनका क्यान्सर देखिएको छ । अब उनी थप उपचारका लागि अमेरिका जाने भएका छन् । तेश्रो स्टेजको क्यान्सर भएकाले केही समय अस्पतालमा बसेर उनले उपचार गर्ने छन् । उनले आफ्ना फिल्मको छायाँकनबाट हाललाई बिदा दिएका छन् ।