काठमाडौंमा एक युवतीमाथि एसिड आक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

काठमार्डाैंमा फेरी एक युवती एसिड पीडित भएकी छिन् । बिहीबार साँझ घरबाट सामान किन्न भन्दै पसल निस्कीएकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि राजधानीको सितापाइलामा एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रकारको कारण उनको गाला र घाँटीमा असर परेको बताईएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले घरबाट पसल निस्किने बित्तिकै युवतीमाथी पछाडिबाट एसिड प्रहार भएको बताए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरन्जन भट्टका अनुसार उनको ओखलढुंगा स्थायी घर हो । उनी सितापाइलामा दिदीसँग कोठा भाडामा बस्दै आइकी थिइन । उनका अनुसार एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

उनलाई एसिड प्रहार लगत्तै उपचारका लागि स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा पुर्याइए पनि त्यहाँबाट किर्तिपुर अस्पताल लगिएको छ ।