ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन
नेपालमा आज बुधबार थप १०० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा १०० जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा बताएका छन् । गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
यस्तै आज क्वारेन्टाईनमा २० हजार ८४२ छन् । यस्तै ५ हजार ३७० जना आईसोलेशनमा रहेको पनि डा. गौतमले बताए । पछिल्लो २४ घन्टामा २०७ मुक्त कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म १२ हजार ६८४ जना कोरोना भाईसर मुक्त भईसकेका छन् ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सँख्य नेपालमा ४२ जना पुगेको छ । बुधबार कोरोना संक्रमणबाट महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको पनि डा. गौतमले बताएका छन् ।