दार्चुलाको पहिरोमा आमा छोरीको ज्यान गयो


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, ५ साउन

दुई दिन यताबाट पुन अबिरल वर्षासँगै मुलुकका पहाडी भूभागमा पहिलो र तराईमा बाढीको बितन्डा सुरु भएको छ । यसै क्रममा दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरोले २ जनाको ज्यान लिएको छ । त्यहाँ पहिरोबाट हर्जित सिंह ठगुन्नाकी  ४२ वर्षीया श्रीमती मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किँदा उनीहरु पुरिएका हुन् । रातभर परेको अबिरल वर्षाको कारण पहिरो गएको जानकारी उनीहरुले नपाएको र पहिरोमा परिएको प्रहरीले जनाएको छ । परिवारका बाँकी सदस्य भने पहिरोबाट जोगिएको र पुरिएका आमा छोरीले पहिरोबाट निकाल्ने काम भएको पनि प्रहरी जनाएको छ । प्रहरीका अनुसार सोही क्षेत्रका अन्य घाईतेलाई उपचारका लागि स्वास्थ्य चौधी पठाईएको छ ।