आज नेपाल ७० जनामा मात्र कोरोना, कुल सँक्रमित १६७१९


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार,

नेपालमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । नेपालमा आज कोरोना सँक्रमणको सँख्या सयबाट ओरालो लागेको हो ।

पछिल्लो २४ घन्टामा ३ हजार ६४८ जनाको कोरोना भाईरस परिक्षण गर्दा ७० जनामा मात्र कोरोना भाईरस सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता प्रा.डा.  गौतमका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थपिएका छन् ।

यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेपालमा हालसम्म कुल सँक्रमित १६ हजार ७१९ जना पुगेको पनि उनले बताए ।

डा गौतमका अनुसार आज ४३१ जना निको भएर डिस्चार्ज भई घर फर्किएका छन् । यस्तै आजसम्म ८ हजार ४४२ जना डिस्चार्ज भईसकेको पनि डा. गौतमले बताए । उनका अनुसार आज २४ हजार ९७ जना क्वारेन्टाईनमा रहेका छन् ।