सरिता गिरीको सांसद पद खोसियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असार,

नेपालका सार्वभौमता बिरुद्ध बोल्दै आएकी सांसद सरिता गिरीलाई पार्टीबाट निष्कासन गरिएको छ । उनलाई मँगलबार समाजबादी पार्टीले पार्टीबाट निस्कासन गरेको हो । योसँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।

साँसद गिरीलाई अनुसासन उलँघनको आधारमा कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

गत महिना लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गरिएकोमा त्यसको उनले एकलैटी बिरोध गरेकी थिईन् । नयाँ नक्सालाई पारित गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीको निर्देशन बिपरित गएर उनले सो प्रस्ताब दर्ता गराएकी हुन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । उनले पार्टीको निर्देशन उलँघन गरेकी थिईन् । उनलाई निष्कासन गरेको पुष्टी गरेको छन् । महासचिव रामसहायप्रसाद यादबको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा उनलाई हटाईएको हो ।

यसैबीच आफ्नो साँसद पद खोसिएपछि सरिता गिरीले न्यायको लागि आफु अदालत जाने बताएकी छिन् ।