आज ४७३ जनामा कोरोना, सँक्रमित १४५१९ पुगे, थप १ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

आज नेपालमा ४७३ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ४७३ जनामा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ४७३ जनामा कोरोना सँक्रमण देखिएको हो । जसमा १०९, जना महिला र ३६४जना पुरुष रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार आज कोरोना सँक्रमित भएकामा सबैभन्दा धेरै कैलालीमा १६५ जना रहेका छन् । यस्तै, डोटीमा ५८ जना, बझाङका ३५ जना, कञ्चनपुर र अछामका ३१/३१ जना, धनुषाका ३० जना, काठमाडौंका २८ जना, लमजुङका १६ जना, महोत्तरीका १३ जना र सप्तरीका १० जनामा कोरोना संक्रमण देखिएको पनिा डा. गौतमले बताए ।

यस्तै मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४ /४ जना, तनहुँ र दैलेखका ३/३ जना, चितवन, दोलखा, पर्वत, भक्तपुर, ललितपुर र स्याङ्जाका २/२ जनामा कोरोना सँक्रमण देखिएको छ । यसैगरी काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका १/१ जनामा कोरोना सँक्रमण देखिएको छ । पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १४ हजार ५१९ पुगेको पनि डा. गौतमले बताए । जसमा १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन् ।

कोरोना सँक्रमणमुक्त भएर पछिल्लो २४ घन्टामा ६६४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको सँख्या ५ हजार ३२० जना पुगेको छ ।

यतीबेला क्वारेन्टाईनमा ३८ हजार १०९ जना रहेको र विभिन्न अस्पतालको आईसोलेसनमा ९ हजार १६८ जना उपचाररत हरेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको पनि डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३१ जना पुगेको छ । मृत्यु हुनेमा म्याग्दी जिल्लाको धौलागिरी नगरपालिका ४ का ४९ दिनका शिशु रहेका छन् । त्रिबिबी शिक्षण अस्पतालमा उनको १७ असार अपरान्ह ४ बजे मृत्यु भएको थियो । स्वाब परिक्षणको क्रममा ती शिशुमा कोरोना सँक्रमण देखिएको थियो । ९ असारमा सो अस्पतालमा भर्ना गरिएका ति शिशुको मृत्युसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३१ जना पुगेको हो ।