ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ
जनता समाजवादीकी सांसद सरिता गिरीको पूर्ण नक्सा सहितको संविधान संसोधन विपक्षको प्रस्ताव सँसदमा असफल भएको छ । उनले मात्र यो पारितको प्रस्तावलाई अस्विकार गरेकी हुन् । बाँकी पूर्ण सदनले यो प्रस्तावलाई स्विकार गरेको छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नेपालको भूभागलाई आफ्नो नयाँ नक्सामा राखेको प्रति साँसद सरिता गिरीले विरोध गर्दै आएकी थिईन् । आज सँसदमा जब पूर्ण नक्सा सहितको संविधान संसोधनका विपक्षमा साँसद गिरीलाई समय दिईयो । बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर त्यो बेला सांसदहरुले उनको विरुद्धमा होहल्ला गरे । अन्तत उनले दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनी संसद छाडेर हिँडेकी छिन् । प्रस्ताव अस्वीकार भएपनि संसदमा बोल्न खोजेकी गिरीलाई सभामुख अग्नि सापकोटाले बोल्ने अवसर दिन खोजे पनि संविधान संशोधन विधेयकमा सांसद गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरे ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसारको नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् । पार्टीले सो विधेयकको पक्षमा उनलाई समर्थन गर्न निर्देशन दिएपनि सांसद गिरीले त्यसलाई समेत अश्विकार गरेकी छिन् । उनी पूर्ण भारतको पक्षमा भएको आरोप छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको शभामुख सापकोटाले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।