ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ
कुवेतामा रहेका १५० जना नेपाली महिला भरखरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अबतरण गरेका छन् । उनीहरु सबै कुवेतमा आममाफी पाएर अलपत्र परेका नेपाली महिलाहरु हुन् । केही क्षण अघि नेपालको भूमि टेक्दा उनीहरुमा खुसीको सिमा थिए । आफ्नो मातृभूमिमा टेक्दा कतिपयको आँखा समेत रसायो ।
आज कुवेतबाट काठमाडौं झरेको यो पहिलो टोली हो । अर्को टोली पनि काठमाडौं अबतरण गर्दैछ । आश्रय क्याम्पमा बसिरहेको अबस्थामा आफुहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइदिएको उनीहरुले बताए ।
नेपाल आइपुगेकाहरुलाई नेपाली सेनाको संयोजनमा स्वास्थ्य जाँच तथा गन्तव्यमा पुराउने प्रक्रिया सुरु भएको छ । अध्यागमन कार्यालयले अहिलेसम्म १ सय ५० जना नेपाली महिला आइसकेको जनाएको छ । अर्को जहाजमा पनि उत्तिकै संख्यामा अलपत्र नेपाली आउन अध्यागमन कार्यालय स्रोतले जनाएको छ । अर्को जहाज पनि केहीबेरमा टिआइए अवतरणको तयारी छ ।