ब्युटी न्युज नेपाल
बुटबल, २७ जेठ
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा स्थानीय एक गाई फाराममा गए राति एक व्यक्ति सामूहिक हत्या भएको छ । हत्याको आरोपी अहिले बिहान पक्राउ परेका छन् । उनी रातीबाट फरार थिए ।
सो फारममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई बन्चरो प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । हत्याको कारण खुल्न सकेको छैन ।
अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको प्रहरीले जनाएको छ । घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।
पक्राउ पछि ती आरोपलाई स्थानीय क्रिमसन अस्पतालमा भर्ना गरिएको छ । उनको अहिले होस आएको छ । प्रारम्भिक बयानमा उनले हत्या आफुले गरेको स्विकारेको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्ट मार्टमको लागि लैजाने तयारी हुँदै गरेको पनि प्रहरीले जनाएको छ ।
घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । करण र आशिष फार्मका कामदार होइनन् । यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।