ब्युटी न्युज नेपाल
सुर्खेत, १७ जेठ,
भारतबाट नेपालीहरु घर आउने क्रम बढेसँगै कर्णाली प्रदेशमा पनि कोरोना भाईरस सँक्रमण बढेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म ६० जनामा कोरोना भाईरस सँक्रमण भैसकेको छ । कर्णालीमा शुक्रबार १४ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको सँख्या ६० पुगेको हो । हालसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ
नयाँ संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का १ जना, वडा नं ३ का १ जना, वडा नं ४ का ३ जना, वडा नं ६ का १ जना, वडा नं ८ का २ जना, वडा नं ९ का २ जना, वडा नं १० का २ जना र वडा नं ११ का २ जना रहेका छन् । उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् ।