ब्युटी न्युज नेपाल
काठमाडौं १६ जेठ,
गत ११ जेठमा निधन भएका अर्घाखाँचीको एक युवामा कोरोना सँक्रमण पुष्टी भएपछि नेपालमा कोरोना भाइरस सँक्रमण (कोभिड(१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतक ६ मध्य ५ जनाको निधन पछि मात्र कोरोना सँक्रमण पुष्टी भएको हो ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवाको भारतबाट १० जेठमा नेपाल फर्कने क्रममा नौतुनवाबाट नेपाल प्रवेशसँगै बाटोमै ११ जेठमा मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बताएका छन् ।
ती युवाको सबलाई परिवारले बुझेर आफैंले दाहसँस्कार गरेका थिए । युवाको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । अब मृतकका आफन्तको पनि कोरोना परिक्षण गरिने भएको छ ।