ब्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ
बुधबारमात्र कोरोना भाईसर (कोभिड–१९) पोजेटिभ देखिएका ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा ग्वार्को ललितपुरमा निधन भएको छ । उनको निधनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
लिभर समस्याका कारण अस्प्तालमा भर्ना भएको उनलाई भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यस अघि पाटन अस्पताल लागिएकोमा त्यहाँ आईसियु खाली नभएपछि किस्टमा ल्याएर उपचार गरिएको हो ।
किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो। बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उनको निधन भएको हो । अस्प्ताल भर्ना गरेपछि उनको स्वाब परिक्षणका लागि पठाईएको थियो ।
बुधबार उनको निधन भएको ४ घन्टापछि बेलुका ८ बजे उनको कारोना भाईरसको रिपोर्ट पोजेटिभ आएको छ । उनको निधनसँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयबाट उनको कोरोना सँक्रमणबाट निधन भएको घोषणा गर्न बाँकी रहेको छ ।