कोरोनाबाट नेपालमा दोश्रो मृत्य, मृतक बाँके नरैनापुरका युवक


 ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या २ पुगेको छ । आज आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको हो । उनको स्वाब परिक्षणमा कोरोना सँक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसाँख्या मन्त्रालयले जनाएको छ ।

यी युवाको कोरोना सँक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले त्यसको पुष्टि गरे । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए ।  शनिबार राति उनलाई एक्कासी ज्वरो आयो । स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो ।

उनी बिगत ५ दिन देखि नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए । अहिले ती युवाको शब आफन्तलाई छुन दिईएको छैन । अब उनको दाहसँस्कार सुरक्षाकर्मीले पूर्ण सुरक्षाका साथ गर्नेछन् ।

नेपालमा कोरोना भाईरस सँक्रमणबाट बिहिबार राती धुलीखेल अस्पतालमा सिन्धुपालकोचक राम्चेकी २९ वर्षीया महिलाको निधन भएको थियो । उनको कोरोना सँक्रमण पुष्टी शनिबार रातीमात्र स्वास्थ्य मान्त्रालयले गरेको थियो । ती महिलाको कोरोना भाईरस सँक्रमणबाट मृत्यु पुष्टी भएको १८ घन्टा नबित्दै अर्का नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टी भएको छ ।