ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ,
सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको मृत्यु कोरोना भाइरस (कोभिड(१९) का कारण भएको भन्ने हल्ला चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो बिषयमा अध्ययन थालेका छ ।
उच्च ज्वरो र खोकीका कारण उपचारका क्रममा ती सुत्करीको धुलिखेल अस्पतालमा बिहीबार राती निधन भएको हो । उनको सबलाई अहिले पनि अस्पतालमै राखिएको छ ।
उनको मृत्यु के कारणले भएको भन्नेबारे आफुहरुले अध्ययन थालेको मन्त्रालयले जनाएको छ । धेलिखेल अस्पतालकै ल्याबमा उनको पीसीआर विधिबाट परीक्षण गरिएकोमा कोरोना सँक्रमण पोजेटिभ आएको बताईएको छ । तर मन्त्रालयले यो बिषयमा पुष्टी गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ति महिलाको कोभिड १९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएका छन् । ति महिलाको मृत्यबारे अनुसन्धान गर्न मन्त्रालयबाट बिज्ञहरु धुलिखेल अस्पताल गएका छन् । उनको स्वाब पुन परिक्षण गरिने बताईएको छ ।