ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ
नेपालमा फेरी कोरोना भाइरसका २ थप नयाँ संक्रमित भेटिएका छन् । आज बिहानहान मात्र ९ जना सँक्रमित भेटिएका थिए थपिएका छन् । अहिले २ जनामा कोरोना देखिएपछि नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना नयाँ संक्रमित थपिएको जानकारी गराए ।
डा. देबकोटाका अनुसार नयाँ सँक्रमितमा बाराका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए ।