बाँके र कपिलबस्तुमा गरी आज दुईलाई कोरोना, सँक्रमित २१९ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख

आज मध्यान्न बाँके र कपिलबस्तुमा थप एक, एक जनामा कोरोना सँक्रमण देखिएको छ । यो सँगै कोरोना सँक्रमितको सँख्या २१९ पुगेको छ ।

काभ्रेको धुलिखेल अस्पतालको धुलीखेल प्रयोगशालामा गरिएको कोरोना भाईरस परिक्षणमा बाँकको नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरुषमा कोरोना सँक्रमण देखिएको छ । ती व्यक्तिको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बिज्ञप्ति मार्फत जनाएका छन् ।

यस्तै काठमाडौंको टुक स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुषमा कोरोना सँक्रमण पोजेटिभ देखिएको छ । उनको पनि स्वास्थ्य अबस्था सामान्य रहेको अधिकारीले बताए ।