ब्युटी न्युज नेपाल
बीरगञ्ज, ३० बैशाख
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको आज बेलुकाको रिपोर्ट अनुसार नेपालमा सबैभन्दा बढी कोरोना भाईरस (कोभिड १९) सँक्रमित पर्सा जिल्लामा देखिएको छ । मँगलबार बेलुकासम्म पर्सामामात्र कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मात्र विभिन्न जिल्लामा ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । आज भेटिएका मध्य सबैभन्दा बढी अर्थात ५७ जना कोरोना सँक्रमित पर्सा जिल्लाकै रहेका छन् । यसरी आज ५७ र यस अघिका २५ जना सहित पर्सामा आजसम्म कोरोना सँक्रमित ८२ जना पुगेका हुन् । सोही कारण पनि पर्सा जिल्ला पछिल्लो समय कोरोनाको हट स्पट बनेको छ ।
आज दिउँसो सँक्रमित थपिएका ५७ मध्ये पनि पर्साकै मात्र ३९ जना रहेका थिए भने अहिले बेलुका थपिएका २६ जनामा पनि १८ जना सँक्रमित त पर्साकै हुन् । आज दिउँसो पर्सामा थपिएका संक्रमितमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । उनीहरु १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।
आज बीरगञ्जमा सँक्रमित भेटिएका ३९ जना पर्साका मध्ये बाँकी छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको आज बेलुका सार्वजनिक नतिजा अनुसार २६ सँक्रमित मध्य पर्साका १८ जना सँक्रमित रहेका छन् । जसमा वर्ष २२, २८, २८, ३२, ४५ र ६० का महिला रहेका छन् । यस्तै वर्ष १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ का पुरुष कोरोना सँक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७ जना नयाँ संक्रमित पुष्टि भएका थिए । यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ । यसरी सँक्रमण बढेर ८२ जना पुगेपछि पर्सामा बेलुका ८ बजेबाट कफ्र्यु लगाईएको छ । यो कफ्र्यु जेठ ५ गते रातीसम्मका लागि लगाईएको हो ।