लिपू लेकमा भारतले बनाएको सडकबारे बोल्यो सरकार


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

सुदुरपश्मि प्रदेशको नेपाली भूभाग लिपू लेक हुँदै भारतले तिब्बतको मानसरोबर जाने बाटो बनाएकोमा बल्ल नेपाल सरकार बोलेको छ । परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो एक बिज्ञप्ति जारी गर्दै नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न भारतलाई आग्रह गरेको छ ।

यो सडक निर्माण गरेर भारतका गृहमन्त्रीले उद्घाटनसमेत गरेपछि यसको नेपालमा सर्बत्र बिरोध भईरहेको छ । शुक्रबारबाट सुरु भएको यो वर्षको बर्षे सँसद अधिवनेशनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई देखि धेरैले नेपाली भूमि प्रयोग गरेर भारतले बाटो बनाएकोमा बिरोध गरेका थिए । त्यसपछि शनिबार परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दैैै यस्तो कार्य नगर्न भारतलाई अनुरोध गरेको हो ।

बिज्ञप्ति मार्फत नेपाल सरकारले सुगौली सन्धिअनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर भारतीय पक्षलाई स्मरण गराएको छ । परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ ।

भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारले बल्ल बिज्ञप्तिमार्फत त्यसको बिरोध सुरु गरेको छ । भारतले निर्माण गरेर उद्घाटन गरेको सो ‘लिंक रोड’ नेपाली भूभाग रहेको परराष्ट्रले बिज्ञप्तिमा उल्लेख गरेको छ, ‘भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने ‘लिंकरोड’को क्षेत्र नेपाली भूभाग हो’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो भारतको सो रबैयाप्रति दुःख व्यक्त गरेका छन् । यसबारे चाँडै दुई पक्षीय बार्ता हुने उनको कथन छ ।