सबै साँसदहरुको धमाधम कोरोना सँक्रमण परीक्षण


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

साँसदहरुले कोरोना सँक्रमण परिक्षण नेगेटिभ भएको रिर्पाट देखाएपछि मात्र यो अब शुक्रबारबाट बस्ने संघीय सँसद बैठकमा सहभागी हुन पाउने छन् । वर्षको बजेट अधिवेशनको तयारी हुँदै गर्दा यस्तो निर्णय आएको हो ।

सोही निर्णयलाई मध्यनजर राख्दै सँसद भवनको प्राँगनमा बिहिबार बिहानबाट काठमाडौंमा रहेका सांसदहरुले आफ्नो स्वाब परिक्षणको लागि नमुना दिएका छन् । उनीहरुले साँसद भवन पुगेर परीक्षणका लागि स्वाब नमूना दिएका हुन् ।

भामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेपछि साँसदहरुले स्वाब परिक्षण गराएका हुनु ।
उनीहरुको रिपोर्ट शुक्रबारसम्म आउने नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले बताएकी छिन् । उता राष्ट्रिय सभाको सांसदको पनि स्वाब परिक्षण हुने भएको छ ।

बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

यसैबीच काठमाडौं बाहिर रहेका सांसदहरुलाई शुक्रबार विहानैदेखि परीक्षण गरिनेछ ।  बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ । सबैको रिपोर्ट आएपछि कोरोना सँक्रमणको नेगेटिभ रिपोर्ट देखाएर साँसदहरुले बैठकमा भाग लिन पाउने छन् ।

अब संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय भएको छ । त्यसैले मोफसलमा रहेका साँसदहरु अहिले यो बैठकका लागि धमाधम काठमाडौं आईरहेको छन् ।

सँसदको बैठक शुक्रबार अपरान्हबाट सुरु हुँदैछ । यसै सो बैठकमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा लैजान नपाईने सुचना सँसद सचिवालयले निकालेको छ । सो नियमको बिरोध भएको छ । पावरवाला जस्मा लगाउने साँसदहरुले यसको विरोध गरेका छन् ।

यता पत्रकारहरुले डायरी र कलम नै बोक्न नपाउने अचम्मको नियम संसद सचिवालयले बनाएकामा पत्रकारहरुले त्यसको विरोध गरेका छन् । कतिपय साँसदले नियमित औषधी खानु पर्ने भए पनि यस्तो औषधिसमेत निषेध गरिएकामा यो नियमले औषधि खान आफुहरुलाई मार परेको बताएका छन् ।