हवाई उडान र सिमाना १८ जेठसम्म बन्दको निर्णय, ४२ किसिमका उधोग सञ्चालन खुला 


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

सरकारले अघिल्लो पटक आगामी २ जेठसम्म अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान र नेपालका सिमाना बन्दको घोषणा गरेको थियो । आज बसेको मन्त्री परिषदको बैठकले फेरी अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडानलाई अझै १६ दिन थपेर आगामी मे ३१ अर्थात अर्थात १८ जेठसम्म बन्दको निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडानसँगै नेपाल प्रवेशगर्ने सबै सिमा र नाकालाई पनि आगामी १८ जेठसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको सँक्रमण उच्च रुपमा फैलिरहेको र भारतबाट आएकाहरुले नेपालमा पछिल्लो समय कोरोना भित्राएको ठहर गर्दै मन्त्री परिषदको बैठकले १८ जेठसम्म सबै सिमानाका नाकाहरुलाई कडाईका साथ बन्द गर्ने निर्णय गरेको हो ।

आज मात्र मन्त्री परिषदको बैठकले लक डाउनलाई बढाएर ५ जेठसम्म पुर्याएको थियो । मुलुकमा कोरोना सँक्रमितको सँख्या बढेर ९९ जना पुगेपछि सरकारले लक डाउनलाई अझै कडा गर्ने भएको छ ।

४२ किसिमका उधोग सञ्चालन खुला गरिने

यस्तै सामाजिक दुरीलाई कायम राख्दै सुरक्षित रुपमा यही शुक्रबारबाट ४२ ओटा उधोगलाई सरकारले सञ्चालन गर्न दिने भएको छ । यस्ता उधोग कोरोना सँक्रमण नदेखिएको क्षेत्रमा सञ्चालन गर्न दिईने छ । उधोगमा कार्यरत कामदारलाई पूर्ण रुपमा सुरक्षाको अनूभूति दिलाएर मात्र काम गर्न लगाउने निर्देशन पनि सरकारले उधोग सञ्चालकहरुलाई दिएको छ ।

यी उधोगका मजदुरहरुलाई परिचयपत्रको आधारमा सुरक्ष्ािँत रुपमा काममा जान अनुमति दिन पनि सरकारले प्रहरीलाई निर्देशन दिएको छ । तर कामदार कर्मचारीहरुले यी उधोगमा मास्कको प्रयोग अनिवार्य गरेर, सेनिटाईजरको प्रयोग गरेर सुरक्षित रुपमा सामाजिक दुरी कायम गरेर मात्र काम गर्नु पर्नेछ । यस्तोमा लापवराही भएमा त्यसको जिम्मेवारी उधोग सञ्चालक हुनु पर्ने पनि निर्देशन सरकारले दिएको छ ।

अहिले पनि शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा भेला, रंगशाला, फुटसल, जिमखाना, शैलुन, होटल बार, यात्रुबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बैंक तथा वित्तिय संस्था, सहकारी लगायतले सेवालाई निरन्तरता दिनु पर्ने छ । तर आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारी राखेर सेवा सञ्चालन गर्न सकिने सरकारको निर्णय छ । अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय र संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालोमा सेवा दिनुपर्ने निर्णय छ ।

कृषि उत्पादनसँग सम्बन्धी सामग्री, विद्यालयका पाठ्यपुस्तक, विकास आयोजनाका निर्माण सामग्री सञ्चालन गर्न दिइनेछ । तर उपत्यका प्रवेश गर्ने सवारी साधनले यात्रु बोक्न नपाउने निर्णय सरकारले आज गरेको छ । यसरी यात्रु बोकेको पाईएमा कानून अनुसारको कारवाही हुने छ ।

राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइने निर्णय सरकारले आज गरेको छ ।  ढुंगा गिट्टी वालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न दिइने भएको छ । सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुंगा, क्लिङ्कर लगायतको उत्पादन र ढुवानी गर्न दिइनेछ भने नदी नियन्त्रणका कामहरु पनि गर्न पाइनेछ ।जनक शिक्षा सामाग्री केन्द्रबाट  पाठ्य सामग्री तथा पाठ्य पुस्तकको बिक्री अनुमति  दिएर पुस्तक पसल पनि खोल्न पाइने निर्णय सरकारले आज गरेको छ ।

यसरी २६ बैशाखबाट सञ्चालनमा आउने ४२ ओटा उधोगहरु यस प्रकार रहेका छन् ।