ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख
सरकारले फेरी ११ दिन लक डाउन बढाएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटार श्रोताका अनुसार अहिले बसेको मन्त्री परिषदको बैठकले लक डाउन पुन ११ दिन बढाएर ५ जेठसम्म पुर्याएको हो ।
मुलुकमा सँक्रमण बढिरहेको प्रदेश १, २, ५ र सुदुर पश्चिम प्रदेशमा कोरोना सँक्रमित बढी रहेकाले लक डाउन बढाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले लकडाउनलाई ५ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । मुलुकमा कोरोना सँक्रमण अझै बढेपछि मन्त्रिपरिषद्को बैठकले छैटौं पटक पनि लकडाउन थप्ने निर्णय गरेको हो ।
गत ११ चैतबाट नेपालमा लक डाउन सुरु गरिएको हो । चौथो पटक यस अघि गत ३ बैशाखबाट सरकारले १५ बैशाखसम्म यस अघि लक डाउन घोषणा गरेका थियो । फेरी १६ बैशाखबाट सरकारले २५ बैशाखसम्मका लागि लक डाउन थपेको छ । यसपटक काठमाडौं उपत्यका लगायतका स्थानमा लक डाउन नहुने अनुमान आम नागरिकको थियो । तर ठिक भएका मानिसहरुमा समेत कोरोना बल्झिएपछि र नेपालगञ्ज लगायतका स्थानमा कोरोनाको सँक्रमण बढेपछि सरकारले फेरी लक डाउन ११ दिन बढाएर ५ जेठसम्म पुर्याएको हो ।