ब्युटी न्युज नेपाल
काठमाडौं, १७ बैशाख
नेपालमा आज बुधबार फेरी कोरोना सँक्रमित थप चार जना थपिएका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले तीनजनामा कोरोना भाईरस पोजेटिभ देखिएको पुष्टी गरेका छन् । ती तीन सँक्रमितहरु भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । यस अघि राससमा आएको पर्साका दुई जना सँक्रमित भनिएको समाचरा गतल भएको पनि मन्त्रालयले जनाएको छ । पर्सामा एक जना मात्र सँक्रमित पुष्टी भएको छ ।
तीन सँक्रमितहरु जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय पुरुष, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुष रहेका छन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
सो धर्मिक सभाबाट आएकाहरुलाई धमाधम कोरोना भाईरस सँक्रमण देखिएको छ । आज थप तीनजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने अहिलेसम्म कोरोनाबाट पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किसकेका छन् ।