ब्युटी न्युज नेपाल
काठमाडौं, १४ वैशाख,
नेपालमा कोरोना सँक्रमण ठिक भएर अस्पतालबाट घर फर्कनेको सँख्या १६ पुगेको छ । थप ४ जना कोरोना संक्रमित निको भएर आईतबार एकै पटक घर फर्किएका छन् । उनीहरु वीरगञ्जस्थित नारायणी अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।
मा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचार पछि ठिक हुने यी चारजना मध्य तीन जना भारतीय र एक नेपाली छन् ।
बीरगञ्जको छपकैया स्थित मक्की जामे मस्जिदमा बसेका यी तीन जनामा दुई साता अघि कोरोना सँक्रमण देखिएको थियो । अर्का रौतहटका १९ वर्षीय युवक पनि कोरोना ठिक भएर घर फर्किएका छन् । भारतबाट घर आउँदा ती युवकलाई कोरोना सँक्रमण भएको थियो ।
आज मात्र बीरगञ्जमा थप दुई जनालाई कोरोना सँक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा ५१ जनामा कोरोना सँक्रमण देखिएको छ । जस मध्य १६ जना ठिक भएका हुन् ।