झापामा एक कोरोना सँक्रमित, ४९ पुग्यो सँक्रमित सँख्या


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ बैशाख

नेपालमा कोरोना भाईरस (कोभिड(१९)बाट संक्रमित आज फेरी एक जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण भेटिएको हो ।

यो सँगै हालको अध्यावधिक विवरण अनुसार कोभिड(१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ । आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार ति बृद्धमा कोरोना भाईरुस पुष्टी भएको हो ।

निज आइसोलेशनमा अस्पताल राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अधिकारीले जनाएका छन् । यो सँगै झापामा पनि कोरोना सँक्रमण देखिएको छ ।