ब्युटी न्युज नेपाल
काठमाडौं, १२ वैशाख,
यही सोमबार ८ बैशाखमा मात्र राष्ट्रपति विद्यादेबी भण्डारीबाट जारी गरिएको दुबै अध्यादेश राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ शुक्रबार खारेज भएको छ ।
मन्त्री परिषदको सिफारिसमा यो दुबै अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयद्धारा प्रेषित मिज्ञप्तिमा जनाईको छ । यी दुबै अध्यादेशको चर्को विरोध भएपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।
त्यसपछि मन्त्री परिषदले सो अध्यादेश खारेजीको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । मन्त्रिपरिषदले सिफारिस गरेपछि दुबै अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।