ब्युटी न्युज नेपाल
उदयपुर, ९ बैशाख
उदयपुरको भुल्के स्थित एक मस्जिदबाट फैलिएका कोरोनाबाट आसपासका बासिन्दा पनि सँक्रमित भएका छन् । काठमाडौं ल्याईएका नमूना परीक्षणमा आज तीन जनामा कोरोना सँक्रमण प्रमाणित भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमित ब्यक्तिको सँख्या ४२ पुगेको छ ।
शनिबार त्यो मस्जिदका १२ जनालाई कोरोना सँक्रमण देखिएको थियो । अहिले त्यो मस्जिद उदयपुरको भुल्के क्षेत्रका लागि कोरोनाको इपिसेन्टर सावित भएको छ ।
त्यहाँबाट परिक्षणकालागि काठमाडौं पठाईएको मध्य तीन जनाको स्वाबमा कोरोना सँक्रमण रिपोर्ट पोजेटिभ आएको हो । ती मध्य एक जनाको स्वास्थ्य मन्त्रालयले आज दिउँसो घोषणा गरेको थियो । बाँकी २ जनाको पनि कोरोना सँक्रमण पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देबकोटाले स्पष्ट पारका छन् ।
यसरी आज एकै दिनमा ११ जना कोरोना सँक्रमित थपिएका छन् । भूल्केको मस्जिद क्षेत्रमा कोरोना भाईरसको सँक्रमण धमाधम देखिएपछि त्यो क्षेत्र अहिले त्रसित बनेको छ । मस्जिदमा सँक्रमण भएका मानिसहरुको सम्पर्कमा आएका गाउँलेहरुलाई पनि कोरोना सक्रमण देखिएको हो ।
सो स्थानका ८ जनाको कोरोना सँक्रमण विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणका क्रममा आजै देखिएको हो । यसरी धरानमा गरिएको परिक्षणमा ८ र काठमाडौंमा गरिएको परिक्षणमा ३ गरी भुल्केका थप ११ जनामा कोरोना सँक्रमण देखिएको छ ।