विश्वमा सँक्रमित २३ लाख ४१ हजार पुगे, भारतमा सँक्रमित १६ हजार


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

कोरोना सँक्रमितको सँख्या आईतबार अपरान्हसम्म विश्वभर २३ लाख ४१ हजार ९५६ पुगेको छ । यो अबधिमा कोरोनासँक्रमणबाट मृतकको सँख्या १ लाख ६० हजार ९५२ पुगेको छ । अहिलेसम्म जम्मा ६ लाख १ हजार २६४ जनामात्र ठिक भएर घर फर्किएका छन भने अझै १५ लाख मानिहरु कोरोना सँक्रमणको उपचारमा आईसोलेसनमा छन् । ती मध्य पनि ५५ हजार अहिले पनि गम्भिर अबस्थामा छन् ।

यस्तै भारतमा पनि कोरोनाको सँक्रमण तिब्र गतिमा छ । त्यहाँ कोरोनाबाट मृतकको सँख्या ५०० नाघेको छ । त्यहाँ आईतबार अपरान्हसम्म मृतकको सँख्या ५२१ पुगिसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको संख्यामा कमी आएको मन्त्रालयको कथन छ ।

तर भारतमा सँक्रमितको संख्या शुक्रबारको तुलनामा शनिबार बढेको सो मन्त्रालयले जनाएको छ । शनिबारमात्र १ हजार ३७१ जना नयाँ कोरोना सँक्रमित थपिएको पनि स्वास्थ्य मन्त्रालले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सँक्रमितको सँख्या १६ हजार ३६५ पुगिसकेको छ । हालसम्म भारतमा २ हजार ४६६ जना संक्रमित ठिक भइसकेका छन् ।

यता नेपालमा भने आईतबार अपरान्हसम्म सँक्रमित ३१ जना पुगेको छ । जसमध्य उपचार पछि २ जना घर फर्किसकेका छन् ।