ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत
कोरोना भाईरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको शनिबार दिउँसोसम्मको रेकर्ड अनुसार विश्वरभ यो सँक्रमणबाट १ लाख २ हजार ७४१ जनाको निधन भईसकेको छ ।
यस्तै शनिार दिउँसोसम्म कोरोनाबाट १७ लाख ३२१ जना सँक्रमित भईसकेका छन् । त्यस्तै ३ लाख ७६ हजार ५०० जना कोरोनाबाट ठिक भईसकेको पनि सो विश्वविद्यालयले जनाएको छ । कोरोना भाईरस सँक्रमित मध्य शनिबार दिउँसोसम्म ४९ हजार ८३४ जना गम्भिर अबस्थामा छन् ।
अहिलेसम्म यसरी मृत्यु हुनेको सँख्या सबैभन्दा धेरै इटलीका रहेका छन् । तर सँयुक्त राज्य अमेरिकोको मृत्यक सँख्या पनि इटालीको हाराहारी पुग्न लागेको छ । इटालीमा शनिबार दिउँसोसम्म मृतकको संख्या १८ हजार ८४९ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख ४७ हजार ५७७ पुगेको छ । इटालीपछि मृतकको हिसाबले दोश्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा शनिबार दिउँसोसम्ममा मृतक संख्या १८ हजार ७४७ पुगेको छ । अमेरिकामा अहिले सँक्रमितको सँख्या सबैभन्दा बढी छ । त्यहाँ संक्रमितको संख्या ५ लाख २ हजार ८७६ पुगेको छ । जस मध्य २७ हजार ३१४ जना ठिक भैसकेका छन् ।
सँक्रमणमा केही दिन यताबाट सँयुक्त राज्य अमेरिका भन्दा स्पेन कम छ । शनिबार दिउँसोसम्म स्पेनमा कोरोना सँक्रमण १ लाख ५८ हजार २७५ जनामा देखिएको छ । त्यहाँ मृतकको सँख्या १६ हजार ८१ पुगेको छ । जस मध्य ५५ हजार ६६८ जनालाई कोरोना सँक्रमण ठिक भईसकेको छ ।
यस्तै कोरोना भाईरसबाट फ्रान्समा शनिबारसम्म मृतक संख्या १३ हजार १९७ पुगेको छ भने त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख २४ हजार ८६९ पुगेको छ । त्यहाँ ७ हजार ४ जना बढी गम्भीर अवस्थाका छन् ।
यस्तै कोरोनाबाट शनिबार दिउँसोसम्म बेलायतमा मृतक संख्या ८ हजार ९५८ र संक्रमितको संख्या ७३ हजार ७५८ पुगेको छ ।
यस्तै भारतमा पनि कोरोना सँक्रमण तिब्र बढीरहेको छ । त्यहाँ सँक्रमितको सँख्या ७ हजार ६०० पुगेको छ भने मृतकको सँख्या २४९ जना पुगेको छ । नेपाल र भारतको खुला सिमानाका कारण त्यहाँ सँक्रमण बढ्दा नेपालमा पनि जोखिम अझ बढेको छ ।