ब्युटी न्युज नेपाल
काठमाडौं, १८ चैत
सोमबार उच्च ज्वरोका कारण पाटन अस्पतालमा मृत्यु भएका युवक र सोमबार नै बीर अस्पतालमा ज्वरोको कारण मृत्यु भएकी महिलामा कोरोना भाईरस सँक्रमण नभएको पुष्टी भएको छ ।
धादिङका ती युवाको उपचारको क्रममा सोमबार पाटन अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालका निर्देशक बिष्णु शर्माका अनुसार मृतक युवाको स्वाब परीक्षणका लागि पठाईएको थियो । उनको रिजल्ट नेगेटिभ आएकाले कोरोना संक्रमण नभएको मंगलबार प्राप्त परिक्षण परिणामबाट प्रस्ट भएको शर्माले बताएका छन् ।
यस्तै उच्च ज्वरोकै कारण सोमबार बीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
ती महिलाको निधन निमोनियाबाट भएको हो । उनको स्वाव परीक्षण केन्द्रिय प्रयोगशाला टेकुमा गर्दा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले बताएका छन् ।