कुलब्वायले भने,‘हानिकारक उत्पादनलाई प्रवर्द्धन गर्दिन’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज

अभिनेता तथा टिकटकमा ‘कुलब्वाय’का रूपमा परिचित पारस बम ठकुरी सोफा स्टोरको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। सोफा स्टोरले जडीबुटीस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा पारससँग एक वर्षका लागि व्यावसायिक सहकार्यको घोषणा गरेको हो।

ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत हुँदै पारसले आफूले गुणस्तरीय तथा मानव स्वास्थ्य र समाजलाई असर नपार्ने उत्पादनको मात्र प्रवर्द्धन गर्ने बताए। उनले भने, “म हानिकारक उत्पादनको कहिल्यै प्रचार गर्दिनँ। सोफा स्टोरका उत्पादनको गुणस्तरमा विश्वस्त भएकाले यो सहकार्य स्वीकार गरेको हुँ।”

सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले पारससँगको सहकार्यले कम्पनीका गुणस्तरीय तथा सुलभ फर्निचरलाई देशभर पुर्‍याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। दसैँ, तिहार र छठलाई लक्षित गर्दै पारसले उपभोक्तालाई सोफा स्टोरका विभिन्न शाखामा पुगेर नयाँ कलेक्सन अवलोकन गर्न आग्रह गरेका छन्।

सामान्यदेखि लक्जरीसम्मका फर्निचर उपलब्ध गराउँदै आएको सोफा स्टोरका जडीबुटी, महाराजगन्ज, भक्तपुर, चमाती, धनगढी र सुर्खेतमा बिक्री केन्द्र छन्। कम्पनीले करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ।