५औँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०२६ को मनोनयन सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज

क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा हुँदै आएको ‘५औँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०२६’को मनोनयन सार्वजनिक गरिएको छ।

‘सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नारासहित आयोजना हुँदै आएको अवार्डको पाँचौँ संस्करण आगामी दसैँको घटस्थापनाका दिन असोज २५ गते काठमाडौँस्थित नाचघरमा आयोजना हुने भएको छ।

अवार्डका लागि यस वर्ष गीत–संगीत, म्युजिक भिडियो, मोडल, छायाकार, सम्पादक, निर्देशक, शृङ्गारलगायत विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो। मनोनयन सूची सार्वजनिक भएसँगै अवार्डको भोटिङसमेत खल्ती एपमार्फत सुरु भएको छ।

अवार्ड आयोजक संस्था क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष तथा चलचित्र एवं म्युजिक भिडियो निर्देशक उमेश गुरुङका अनुसार निर्णायकको निर्णयबाट ५० प्रतिशत र भोटिङबाट प्राप्त ५० प्रतिशत अंकका आधारमा विजेता छनोट गरिनेछ।

मनोनयनमा परेका कलाकार तथा सर्जकलाई जिताउन खल्ती एपमा गएर सम्बन्धित विधा तथा मनोनित व्यक्तिलाई भोट गर्न सकिने आयोजकले जनाएको छ।

मनोनयन सूची

१. आधुनिक गीत–गीतकार
– ‘कति रोए’ – मिरा तामाङ
– ‘बाटोमा हिँड्ने बटुवा’ – योक्तुम्बा रामेशराज लिम्बू
– ‘दर्कियो झरी’ – विशाल योञ्जन
– ‘मेरो बाबा’ – ढुन्डीराज ढकाल
– ‘नआइदे याद’ – प्रकाश सुवेदी

२. आधुनिक गीत–गायन
– ‘तिमी नै हौ मेरो’ – मनोज योञ्जन
– ‘ढाँटेको हैन’ – मेलिना राई
– ‘सधैँ तिमी’ – यम बराल
– ‘कति रोएँ’ – मिरा तामाङ
– ‘नआइदे याद’ – अनु चौधरी
– ‘ढाँटेको हैन म’ – तिलक बस्नेत

३. आधुनिक गीत–म्युजिक भिडियो मोडल (पुरुष)
– ‘मायालुको घुर्की प्यारो’ – रोशन तामाङ
– ‘सधैँ तिमी’ – प्रवण भुसाल
– ‘ह्याभ यु इभर सुन’ – जीवन विश्वकर्मा
– ‘सागरै तरेर’ – यसराज गराच

४. म्युजिक भिडियो मोडल (महिला)
– ‘गाउँघरे माया’ – दीपशिखा गुरुङ
– ‘माया मोह’ – सुस्मिता गुरुङ
– ‘बालापनै रमाइलो’ – अन्जु अधिकारी
– ‘सालैजो अजम्बरी’ – अन्जु गुरुङ
– ‘भमरा’ – शीतल तामाङ

५. म्युजिक भिडियो निर्देशक
– ‘टाढाको बाटो’ – मौसम हिमाली
– ‘बाटोमा हिँड्ने’ – राज शुक्र लिम्बू
– ‘गाउँघरे माया’ – दीप गुरुङ
– ‘दिउँला चिनो’ – मिलन श्रेष्ठ
– ‘मायालुको घुर्की प्यारो’ – संगीत सागर

६. लोक तथा दोहोरी गीत–गायक
– ‘टाढाको बाटो’ – सुरज पण्डित
– ‘कलेजी खाई झानो’ – माधव भट्ट
– ‘बालेट सिटी’ – सानु केसी
– ‘लाली गुराँस फुलेको’ – रबी राना
– ‘खोलीको किनारा’ – युस्कल छिनाल

७. लोक तथा दोहोरी गीत–गायिका
– ‘फूलको थुँगा’ – दुर्गा गुरुङ
– ‘सुन्ने भयो डाँडैको’ – संगीता गुरुङ
– ‘गाउँले जीवन’ – शिला गुरुङ
– ‘सोल्टिनी’ – मनमाया वाइबा
– ‘भमरा’ – शान्तिश्री परियार

८. लोक तथा दोहोरी गीत–गीतकार
– ‘भमरा’ – सूर्य मम्बा तामाङ
– ‘प¥यो जालैमा’ – सुन्दर गुरुङ
– ‘दसैँ तिहारको’ – अमरराज पुन

९. मौलिक गीत–गायक
– ‘जाऊँ न सानु’ – पवन गुरुङ
– ‘ङिला रोधिरी’ – नरेश गुरुङ
– ‘मारा चाँदी’ – दयाराम गुरुङ
– ‘घाँसको भारी’ – धनबहादुर गुरुङ
– ‘सोल्टिनी’ – शुक्र तामाङ

१०. कौडा गीत–गायक
– ‘सुनका तोला’ – दिपेन पुन
– ‘निरमाया’ – प्रिजङ गुरुङ
– ‘सोल्टिनी’ – सागर गुरुङ
– ‘युके लन्डन’ – दीपक गुरुङ
– ‘झुल्के घाम’ – सुवास गुरुङ

११. नवप्रतिभा–गायन
– ‘मेरो भाग्य’ – मन्जु परियार
– ‘पुरौ माया’ – सागर माया जिलेल
– ‘रसुवाको बाढी’ – कान्ति जोशी
– ‘ङोल्स्यो मोयाले’ – निमा तामाङ

१२. म्युजिक भिडियो–नवमोडल (महिला)
– ‘जाले रुमाल’ – अनु घले
– ‘झिजायो फरिया बखैलै’ – चाँदनी श्रेष्ठ
– ‘भमरा’ – शीतल तामाङ
– इरो मोर मोन (भाषभाषी) – कौशिला राजबंशी
– ‘ङिला रोधिरी’ (भाषभाषी) – दीपशिखा गुरुङ

१३. म्युजिक भिडियो–नवमोडल (पुरुष)
– ‘लालुपाते फुल्यो’ – सोनाम लामा
– ‘पँधेरीको टुनी’ – अर्जुन गुरुङ
– ‘साइली’ – ईश्वर गुरुङ
– ‘दुःखी मान्छे’ – कृष्ण खत्री
– ‘खाली सिउँदो’ – लक्ष्मण बिसी

१४. तीज गीत–गायक
– ‘नाच पुतली’ – गंगाराम घिमिरे
– ‘भकारीको धान’ – कुलबहादुर ओली
– ‘नाच माया नाच’ – सन्तोष दवाडी

१५. मौलिक म्युजिक भिडियो–पुरुष मोडल
– ‘तितो छ कि गुलियो’ – सन्तोष थापामगर
– ‘बाचा कसम’ – मनोज गुरुङ
– ‘सुनको तोला’ – विजय दोङ
– ‘तिम्रो चिनो गलबन्दी’ – आनन्द गुरुङ
– ‘ङिला रोधिरी’ – कृष गुरुङ

१६. लोक तथा दोहोरी गीत–पुरुष मोडल
– ‘म मर्ने बेला’ – हिमाल घिमिरे
– ‘भमरा’ – आनन्द गुरुङ
– ‘झ्याप्पै’ – सुरेश कोली
– ‘दिउँला चिनो’ – हिराकाजी सेन्चुरी
– ‘रातो किताब’ – लक्ष्मण देवकोटा

१७. मौलिक गीत–गीतकार
– ‘दमौलीमा झर है’ – ओम छिनाल
– ‘कालीगण्डकी बगेको’ – तुलाराम लामिछाने
– ‘अम्लारी फुङ’ – हस्तबहादुर लिम्बाङ

१८. सेलो–गायक
– ‘पोखरेली मैच्याङ’ – धीरेन लामा
– ‘डम्फुको तालमा’ – विकास ताथा
– ‘तामाङले बोली फेर्दैन’ – टीका बम्जन

१९. म्युजिक भिडियो–नृत्य निर्देशक
– ‘साइँलो मो’ – सञ्जु थोकर
– ‘भिजायो फरिया’ – सन्दीप भुजेल
– ‘भमरा’ – जोन राई
– ‘परेवा जोडी’ – सोनम लामा
– ‘सेलोमा धुन’ – कृष्ण रसाल

२०. म्युजिक भिडियो–छायाकार
– ‘हङकङको चिनो’ – राजेश घिमिरे
– ‘मन पराउन थाले’ – दिनेश पराजुली
– ‘दुई दिनको जिन्दगी’ – भूपेन्द्र थापामगर
– ‘ङोल्स्यो मोयाले’ – सञ्जय बुढाथोकी
– ‘भिजायो फरिया’ – ओमप्रसाद प्रसाईं

२१. म्युजिक भिडियो–सम्पादक
– ‘नआइदे याद’ – वीरेन्द्र भाट ‘विपिन’
– ‘दिएर हातैमा’ – रोशन धिताल
– ‘हजुर मेरै मात्रै हो’ – नवीन घर्तीमगर
– ‘हङकङको चिनो’ – मिलन विश्वकर्मा
– ‘निरमाया’ – पदम सुवेदी

२२. म्युजिक भिडियो श्रृंगार
– ‘गर्मी भयो धरान’ – सोम मगराती
– ‘यही मायाले सारेको’ – राजकुमार गुरुङ
– ‘ङल्स्यो मोयाले’ – सक्षम पुडासैनी
– ‘निङवासुम’ – सुमन मगराती
– ‘मेरो माया पल्टनमा’ – कविता तोलांगी