त्रिपुरेश्वरको बस आगलागीमा चालक दावा गम्भिर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि आगलागी भएको छ । यो वर्ष भक्तपुरबाट थानकोट जाने क्रममा सोमवार दिउँसो साढे १२ बजेतिर बसमा आगलागी भएको प्रत्यक्षदर्सीहरुले बताएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए ।

बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

कीर्तिपुर अस्पताल ९बर्न अस्पताल०का वरिष्ठ प्लाष्टिक सर्जन डा। शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ।

‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने। बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।