ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ असोज
छैटौँ संस्करणको नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६ विभिन्न विधामा अवार्ड प्रदान गर्दै शुक्रबार बेलुका सम्पन्न भएको छ । एस.बि. क्रिएसन प्रा.लि.द्धारा सांस्कृतिक संस्थान (नाचघर)मा आयोजित छैटौँ ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६ मा विभिन्न २२ विधामा अवार्ड प्रदान गरियो ।
समारोहमा बरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसी, एसबि क्रियसनकी अध्यक्ष सरिता भारती लगायत अतिथिले आयोजकका तर्फबाट विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।
छैटौँ नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड तर्फ मेकअपमा सर्वोत्कृष्ट चलचित्र मेकअप आर्टिस्ट अवार्ड चलचित्र ‘मोहर’बाट अमृत मरहट्टाले चुमे ।
यसै गरी ब्राइडल मेकअप आर्टिस्टको अवार्ड सुमीत्रा खवासले प्राप्त गरिन् । पार्टी मेकअप आर्टिस्ट अवार्ड भने राधा चौधरीले हासिल गरिन् ।
यस्तै मोडल मेकअप आर्टिस्ट अवार्ड लीला राउतले जितिन् ।
समारोहमा नेल तर्फ नेल टेक्निसियनको अवार्ड देउकला खेवाङले हासिल गरिन् ।
प्रतिस्पर्धामा नेल आर्टिस्टको अवार्ड चेली मेकअप स्टुडियोकी अध्यक्ष बिना राना मगर हासिल गरे ।
यस्तै हेयर तर्फको प्रतिस्पर्धामा ब्राइडल हेयर डिजाइनरको अवार्ड ललितपुरकी लक्ष्मी महर्जनले जितिन् ।
प्रतिस्पर्धामा पुरुष हेयर स्टाइलिस्टको अवार्ड लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोका मनीष नेपालले हासिल गरे ।
यही प्रतिस्पर्धामा महिला हेयर स्टाइलिस्टको अवार्ड स्मृति सलुनकी प्रमुख स्मृति सुब्बाले हासिल गरिन् ।
यसै गरी हेयर टेक्निसियनको अवार्ड उषा गुरुङले प्राप्त गरिन् ।
अन्य विधा तर्फ मेहेन्दी आर्ट डिजाइनरको अवार्ड रीता तामाङले जितिन् ।
समारोहमा फेसियल आर्टिस्टको अवार्ड दुर्गा बुढाथोकी पौडेलले प्राप्त गरिन् ।
यस्तै आइलास टेक्निसियनको अवार्ड हिरा राईले जितिन् ।
कार्यक्रममा माइक्रोब्लेडिङ आर्टिस्टको अवार्ड निशा रजकले प्राप्त गरिन ।
यस्तै पर्मानेन्ट मेकअप (ट्याटु) आर्टिस्टको अवार्ड राजेन्द्र पाख्रिनले जिते ।
यसैगरी उत्कृष्ट महिला ब्युटी पार्लर (काठमाडौं)को अवार्ड आरएल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, टोखाको लागि ललिता जोशीले प्राप्त गरिन् ।
उत्कृष्ट ब्युटिसियन (मोफसल)को अवार्ड पुनर्वास, कञ्चनपुरकी रोशनी श्रेष्ठले र उत्कृष्ट ब्युटी पार्लर (मोफसल) एञ्जल ब्युटी सैलुन, बरहथवा, सर्लाहीकी राजेश्वरी श्रेष्ठ (राघी)ले हासिल गरिन् ।
यस्तै उत्कृष्ट युनिसेक्स सैलुन (काठमाडौं)को अवार्ड रस्मिलाज फेसियल हाउस काठमाडौं मलका लागि रश्मिला श्रेष्ठले जितिन् । उत्कृष्ट ब्युटिसियन ट्रेनिङ सेन्टरको अवार्ड कारा ब्युटिकेयर एन्ड ट्रेनिङ सेन्टर, ललितपुरकी शान्ती शर्माले हासिल गरिन् ।
यस्तै कस्मेटिक तर्फ बेष्ट सेलिङ हेयर प्रोडक्टको अवार्ड क्राब बोटेक्स हेयर ट्रिटमेन्ट एन्ड स्याम्पुले जित्यो ।
यस्तै बेष्ट सेलिङ मेकअप प्रोडक्टको अवार्ड कलर एसेन्स – कलर लिपस्टिकले हासिल गर्यो ।
समारोहमा ३६० स्टुडियोका कलाकार र प्रियँसु न्यौपानले नृत्य प्रस्तुत गरे भने गायक ओम सुनारले गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याए ।
समारोहमा नेपाल म्युजिक एन्ड फेसन अवार्डको निर्णायक अभिनेता एवम् मोडल यसराज गराच, गीतकार एवम् संगीतकार सुमन पन्डित र फेसन तर्फको निर्णायकमा गोमा अधिकारी धिताल थिईन् ।
सोही समारोहमा ओएसआर डिजिटललाई चलचित्र एवम् संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मानित भए ।
यस्तै चर्चित टिकटक अभियान्ता, सामाजिक अभियान्ता तथा युवा व्यवसायी अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियान्ता सम्मानबाट सम्मानित गरियो ।
संगीतकार एवम् गायकको रुपमा परिचय बनाएका बिर अस्पतालका सिनियर चिकित्सक रणजीत झा गीत संगीत तथा चिकित्सा सम्मानबाट सम्मानित भए ।
यस्तै चलचित्र निर्माता एवम् ब्यवसायी जस्मिन श्रेष्ठ र पुजा गुरुङलाई नारी सम्मान प्रदान गरियो ।
सोही क्रममा व्यवसायी तथा समाजसेवी उर्मिला शेरचन (अनु) पनि नारी सम्मानबाट सम्मानित भए ।
समारोहमा कलाकार तथा व्यवसायी देबेन्द्र नेमवाङ, डान्स कोरियोग्राफर सरु ढुँगेल र ब्युटिसियन रेश्मा खत्री क्षेत्र पनि सम्मानित भए ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, सौन्दर्य उद्यमी संघकी अध्यक्ष एवम् बरिष्ठ ब्युटिसियन सोनी कारंजित, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, पर्यटनविद्ध अभिषेक बिक्रम शाह, अग्रज गायिका देबिका बन्दना, याक्थुङ लेखक संघकी अध्यक्ष शनी लिम्बुलगायतका अतिथिले समारोहमा अवार्ड प्रदान गरे ।
तस्बिर ः बद्री थापा, ब्युटी न्युज नेपाल






