सौन्दर्य उद्यमी संघद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई राहत सामग्री वितरण


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ भदौ

भोटेकोशी  नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका बाढीपीडितहरूका लागि सौन्दर्य उद्यमी संघ नेपालले राहत सामग्री सहयोग गरेको छ।

संघकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनिका रञ्जितको अध्यक्षतामा विभिन्न पदाधिकारी तथा सदस्यहरूबाट आर्थिक सहयोग संकलन गरी बाढीपीडितका लागि आवश्यक राहत सामग्री खरिद गरिएको थियो। उक्त राहत सामग्री काठमाडौंको माइतीघर मण्डलामा हस्तान्तरण गरिएको थियो। राहत सामग्रीमा २० परिवारलाई पुग्ने भन्साका थाल, कचौरा, बाटा, बाल्टी एवम् पकाउने भाँडाकुँडासहितको विभिन्न सामग्री, चिउरा, चाउचाउ, बिष्कुट जस्ता खाद्य सामग्री, ओढ्नो, ओछ्याउने तथा कपडा प्रदान गरिएको थियो ।

राहत सामग्री गायिका तथा सञ्चारकर्मी सरिता भारतीले ग्रहण गरेकी थिइन् भने सञ्चारकर्मी कुशल केसीले समेत सहयोग गरेका थिए। त्यसैगरी ड्राइभिङ सिन्जाली ग्रुप ड्राइभिङ सेन्टरका अध्यक्ष रञ्जित सिन्जालीले राहत सामग्रीको ढुवानी तथा स्थानान्तरणमा सहयोग गर्दै सामग्री रसुवा पु¥याएका थिए।

सौन्दर्य उद्यमी संघका प्रतिनिधिहरूले राहत सामग्री आफैं बोकेर प्रभावित क्षेत्रमा पुग्दै प्रत्यक्ष रूपमा बाढीपीडितहरूको हातमा सामग्री हस्तान्तरण गरेका थिए। विपत्तिको समयमा पीडित परिवारलाई केही राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अभियान सञ्चालन गरेको जनाएको छ।
सौन्दर्य उद्यमी संघबाट राहत सामग्री खरिदका लािग आर्थिक सहयोग गर्नेहरू
अञ्जना श्रेष्ठ — रु. १,०००
कल्पना रिजाल — रु. २,०००
सबिना सुनुवार — रु. ३,०००
सुनिता राना मगर — रु. १,५००
अम्बिका तुलाधर — रु. १,०५०
बिनिता श्रेष्ठ महर्जन — रु. ५००
सदिक्षा गोले — रु. १,१११
सञ्जना महर्जन — रु. १,१११
बिमला खत्री महरा — रु. १,१००
बिमला लामा ठाकुर — रु. १,०५०
जेबीशा थापा — रु. १,५००
अप्सरा नगरकोटी — रु. १,०५०
शान्ता कार्की राउत — रु. १,०००
सुष्मिता रङ्गोल कार्की — रु. १,१०५
सिर्जना श्रेष्ठ — रु. १,०००
अञ्जु तुलाधर — रु. ५००
ब्राइट ब्यूटी पार्लर — रु. १,०००
इशारा गुरुङ — रु. ५५०
साकुरा श्रेष्ठ — रु. ५००
सपना श्रेष्ठ — रु. ५५०
प्रेमबहादुर गुरुङ मैना — रु. २,०००
बलकुमारी मुक्तान — रु. ५००
मालिका डङ्गोल — रु. २,०००
रविना तामाङ — रु. २,१००
राधिका श्रेष्ठ — रु. ५००
निशा थापा — रु. ५५५
मञ्जु चौलागाईं — रु. १,०००
रमा कार्की — रु. २,५२५
मुना शर्मा — रु. ५००
बन्दना कुमारी भुजेल — रु. ५००
जस्मिन श्रेष्ठ — रु. १,०००
स्वेता श्रेष्ठ — रु. ३,०००
कमला श्रेष्ठ मनिषा — रु. ३,०००
निशा रजक — रु. ५००
निरकमल प्रधान — रु. १,२००
मनिषा जीसी — रु. २,०००
उर्मिला श्रेष्ठ — रु. ५००
प्रीति गुरुङ — रु. १,०००
रामशरण तामाङ — रु. १,०५०
रामशरण तामाङ — रु. ५००
माया लामा — रु. १,०५०
जानुका लामा — रु. ५००
डी ब्रिटिना ब्यूटी पार्लर — रु. २,२२२
राजकुमार थापा मगर — रु. ५००
सीता श्रेष्ठ — रु. ५,५५५
इसु ब्यूटी सलुन — रु. २,०००
सङ्गीता राई — रु. २,२००
आशा श्रेष्ठ — रु. १,५००
चुनु थापा मगर — रु. ५,०००

 

सामाजिक सेवाको भावना बोकेर विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने सौन्दर्य उद्यमी संघको यो पहल सराहनीय रहेको सहभागीहरूले बताएका छन्। व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने सबै सहयोगीप्रति संघले हार्दिक आभार व्यक्त गरेको छ।

आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा संघले अझ प्रभावकारी र उदाहरणीय काम गर्दै जाने अपेक्षा गरिएको छ । बाढी तथा प्राकृतिक विपत्तिका बेला पीडितको पीडामा मल्हम लगाउने यस्ता मानवीय अभियानले समाजमा सहयोग र सहकार्यको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ ।