ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ
भोटेकोशी, त्रिशुलीमा १० भदौमा आएको बाढीले लगभग देशभरलाई नै प्रभावित पारेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।
प्राधिकरणको तथ्यांक अनुसार यो बाढीबाट मंगलबार साँझसम्म यो बाढीमा १ हजार ५८ को शब फेला परेको छ । जस मध्ये सबैभन्दा बढी शब चितवनमा ३ सय २१ जनाको भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय १६, पश्चिम नवलपरासीमा १ सय ७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, तनहुँमा ३८ र रसुवामा ४१ शव फेला परेका छन् ।
प्राधिकरणका अनुसार देशका ६२ जिल्लाबाट ३ हजार ९ सय १६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ । बेपत्तामध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी निकायका कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक छन् । हालसम्म ११ हजार ८ सय १४ जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ, यसमध्ये २ सय ५३ जना विदेशी छन् । हवाईमार्गबाट ३ हजार ७ सय २ को उद्धार गरिएको छ ।
सरकारले भोटेकोशी बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएको विवरणसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । यस्तै धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ ।






