ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म ३५९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट शव संकलन गरिएको जनाएको छ।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १३२ जनाको शव फेला परेको छ। त्यस्तै, रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोखरामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिमा १५ गरी ३५९ जनाको शब भेटिएको प्रहरीले जनाएको छ ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। नेपाल प्रहरीले २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ भने अन्य बेपत्ताको संख्या यकिन गर्ने र खोजी कार्य जारी रहेको छ। उद्धार तथा खोजी अभियानमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ।






