‘लिटल ग्ल्याम रनवे २०२६’ का विजेता घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ भदौ

बालबालिकाको प्रतिभामूलक प्रतियोगिता ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ। बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता, प्रतिभा तथा मञ्चीय क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए।

डीई इभेन्ट्सको आयोजनामा सम्पन्न  प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि जितेका छन्। यस्तै, रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड प्राप्त गरे। रोहिना भण्डारी र बिर्शिका बस्नेतले ‘मोस्ट पपुलर’को उपाधि हात पारे।

आयोजकको विशेष छनोटअन्तर्गत स्वर्णिमा बिष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरिन्। प्रतियोगितामा सहभागी बालबालिकाको प्रस्तुति, आत्मविश्वास, सिर्जनशीलता, व्यक्तित्व तथा मञ्चीय क्षमतालाई विभिन्न आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले बाल प्रतिभाहरूलाई आफ्ना क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै मनोरञ्जन तथा मोडलिङ क्षेत्रमा भविष्य निर्माणका लागि प्रेरित गर्ने उद्देश्य पूरा गरेको आयोजकको भनाइ छ।

डीई इभेन्ट्सकी आयोजक अमिषा ओली रहेकी थिइन्। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी विबश थापाले सम्हालेका थिए भने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।