ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ साउन
अभिनेत्री दीपाश्री निरौला ब्रेन ट्युमरको अप्रेसनपछि काठमाडौँ माइतिघरको अन्नपूर्ण अस्पतालबाट १८ औँ दिनमा बिहीबार डिस्चार्ज भएकी छिन् । उनलाई कम्तीमा पनि तीन महिना घरमा आराम गर्न डाक्टरहरुले सल्लाह दिएको दीपकराज गिरीले बताएका छन् । दीपकका अनुसार अब उनी तिहारपछि मात्र काममा फर्कने छिन् ।
अभिनेत्री एवम् निर्देशक दीपाश्रीले आफ्नो स्वाथ्यमा निकै राम्रो सुधार आएको बताएकी छिन् । डाक्टरको सल्लाह अनुसार केही समय घरमा आराम गर्ने र त्यसपछि आफू पूर्ण रुपमा सन्चो भएपछि काममा फर्कने उनले बताएकी छिन् ।
चलचित्र पार्वतीको एउटा गीतको छायांकनको क्रममा ढाड र कम्बर निरन्तर दुखेपछि परिक्षण गर्दा आफूलाई ब्रेन ट्युमर देखिएको र त्यसपछि सल्यक्रिया गरेको उनले बिहीबार ब्युटी न्युज नेपाललाई बताईन् । आफ्नो सिघ्रा स्वास्थ्य सबैको कामना सहित आशिर्वाद र मायाँ प्रति उनले आभार प्रकट गरेकी छिन् ।
दीपाश्रीले अभिनय गरेको चलचित्र पार्वती भदौमा र ६ मायाँ छपक्कै २ दसैँमा रिलिज हुँदैछ ।

