यी हुन रास्वपाका ९९ जना निर्वाचित नयाँ केन्द्रिय सदस्य


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी अधिवेशनमा सम्पन्न केन्द्रिय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ । सो परिणाम अनुसार ९९ जना केन्द्रिय सदस्यहरु चयन भएका छन् ।

बिधुतीय मतदान प्रणालीबाट उनीहरु चयन भएका छन् । निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पहिलो नम्बरमा चयन भएका छन् । उनले २६५६ मत प्राप्त गरेका छन् ।

बाँकी केन्द्रिय सदस्यका विजेताहरुको पनि मत परिणाम सार्वजनिक भएको छ । केन्द्रिय सदस्यको चयनसँगै यति बेला चितवनमा केन्द्रिय पदाधिकारीको चयनको लागि निर्वाचन हुँदैछ ।