ब्युटी न्युज नेपाल
काठमाडौं २ चैत
थुप्रै अन्तराष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल भएका अन्तर्रािष्ट्रय धावक सन्तोष राईलाई सेलिब्रेटी समाज नेपालले ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । काठमाडौँमा एक समारोहबीच धावक सन्तोष राईलाई सम्मान गरिएको हो ।
राई नेपालको चर्चित दौड नेवाः च्यारिटीको धरान रनका संस्थापक हुन् । हरेक वर्ष फेब्रुअरीमा हुने धरान रन सन् २०११ बाट सुरु भएर अहिलेसम्म निरन्तर चलिरहेको छ ।
स्वास्थ्य नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनुपर्छ भन्ने सन्देशका लागि नेपालका तर्फबाट खेलकुद विधा अँगालेर नेपालको नाम अन्तर्रा्ष्ट्रिय स्तरमा उचाइमा पुर्याएकाले सेलिब्रेटी समाज नेपालले उनलाई ‘सेलिब्रेटी सम्मान २०७५’ प्रदान गरेको हो ।
मुकुन्द हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिमानी खेलाडी दिपक बिस्ट, खेलाडी दिपक श्रेष्ठ, कलाकार सुनिल थापा, चलचित्र निर्देशक मिलन च्यास,चलचित्रकर्मी राजकुमार राईलगायत थुप्रै संचारकर्मीको उपस्थिति रहेको थियो ।
यसै क्रममा यो समाजले आगामी नयाँ वर्ष २०७६ सालमा हङकङमा वृहत ’सेलिब्रेटी अफ दि इयर २०७५्÷७६’ को पनि आयोजना गर्ने घोषणा गरिसकेको छ ।
सेलिब्रेटी समाज नेपालका तर्फ बाट जनक दीप पराजुलीले स्वागत मन्तब्य राखेर सुरु भएको कार्यक्रम सेलिब्रेटी नेपाल समाजका संस्थापक ज्योतिराज राइले समापन गरेका थिए । नरेश भट्टराईले कार्यक्रम संचालनको जिम्मेवारी सम्हालेका थिए ।
सेलिब्रेटी समाज नेपालले भावी दिनमा पनि समाजलाई सकारात्मक बाटोतर्फ डोर्याउने, नयाँ तथा प्रतिष्ठित व्यक्तित्वहरुको क्षमता र योगदानलाई कदर गर्दै मान–सम्मान प्रदान गर्ने लगायतका सामाजिक काम गर्ने आयोजक पक्षले बताएको छ ।
सन्तोष राई आफैं चर्चित अन्तर्रा्ष्ट्रिय धावक पनि हुन् । उनले सन् २००९ देखि निरन्तर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय दौडहरुमा सहभागी भइरहेका छन् । हालसालै मात्र जापानमा भएको टोकियो म्याराथन २०१९ मा ३८ हजार सहभागीहरुमध्येबाट उत्कृष्ट ७ सयमा पर्न सफल भई मेडलसमेत प्राप्त गर्न सफल भएका थिए ।