संस्कृति मन्त्री अधिकारी सहित सातै जनाको शब काठमाडौं ल्याईयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी सहित हेलिकोप्टर दुर्घटनामा परेका सातै जानाको शब अन्तत काठमाडौं ल्याईएको छ । बुधबार मध्यान्न डाईनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा परी ताप्लेजुङको तारेभिरमा मन्त्री अधिकारी सहित सात जनाको निधन भएको थियो ।

गएको रातपर हिमपातको कारण ताप्लेजुङ सुकेटर एयरपोर्टमा हिउँ जमेपछि आज दिउँसो १२ बजेसम्म पनि सबहरु बोकेर हेलिकोप्टर उड्न सकेको थिएन् । १२ बजेपछि सुकेटार एयरपोर्टबाट उडेको हेलिकोप्टर शब बोकेर काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट अबतरण गरेको छ । अहिले परिक्षणको लागि शबलाई त्रिबिबी शिक्षण अस्पताल लगिएको छ ।

दिवँगत मन्त्री अधिकारी सहित पर्यटन व्यबसायी एवम् यती एयरका निर्देशक आङ क्षिरिङ शेर्पा, उड्यान प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र श्रेष्ठ, उड्यान प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उपसचिब युवराज दाहाल, सुरक्षाकर्मी अर्जुन घिमिरे र सो हेलिकोप्टरका पाईलट प्रभाकर केसीको पार्थिव शरीरलाई काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीको लागि आज राखिने छ । त्यसअघि पोष्ट मोर्टम सकेर नेकपाको पार्टी कार्यालय लगेर मन्त्री अधिकारीको पार्थिव शरीरलाई केही समय श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, सहित विभिन्न मन्त्रीहरु, आफन्त, शुभचिन्तकहरुले पार्टी कार्यालयमा मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि टुँडिखेल (खुलामञ्च)मा मन्त्री अधिकारी सहित दिबँगत सातै जनाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिने तयारी भईरहेको छ ।

काठमाडौंमा श्रद्धाञ्जली सम्पन्न गरेपछि संस्कृति मन्त्रीको अन्त्यष्टी उनकै गृह जिल्ला पोखरामा शुक्रबार गरिने भएको छ ।