नेपाली चलचित्र ‘लुसु’को शुभमुहूर्तसँगै छायांकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर

शुक्रबारबाट नेपाली चलचित्र ‘लुसु’को औपचारिक निर्माण सुरु गरिएको छ । पदम विश्वकर्माद्वारा लिखित नेपाली उपन्यासमा आधारित रहेर नेपाली चलचित्र ‘लुसु’ को निर्माण थालिएको हो ।

शुक्रबार लमजुङको गाउँ सहरमा एक समारोहका बीच विधिवत् पूजाआराधना सहित यो चलचित्रको शुभमुहूर्त सम्पन्न भएको छ। भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीको आतिथ्यतामा यो चलचित्रको मुहुर्त सम्पन्न भएको हो । मुहुर्तसँगै चलचित्रको छायांकन समेत सुरु भएको छ । यस चलचित्रको निर्देशनको जिम्मेवारी नवराज श्रेष्ठले सम्हालेका छन् । यसका निर्माता शेखर लामा हुन् ।

चलचित्रको पटकथा लेखन अभिन अधिकारी र वसन्त सापकोटाको रहेको छ । यो चलचित्रमा कमलमणि नेपाल, रबिन्द्र खड्का, रेजिन उप्रेतीलगायत विभिन्न कलाकारको अभिनय रहने छ । चलचित्रलाई कृष्ण बर्देवा (ज्याक)ले खिच्दैछन भने यसका लाईन प्रोड्युसर अनिश अधिकारी हुन् ।