ब्युटी न्युज नेपाल
काठमाडौँँ, ११ मंसिर
गीतकार वल्लभ कट्टेलद्वारा लिखित गीति एल्बम ‘गन्तव्य’ तथा यसमा समावेश शीर्ष गीत ‘हाम्रो यात्राको गन्तव्य’को भिडियो शुक्रबार काठमाडौंमा यो सार्वजनिक गरिएको छ ।
पूर्वमन्त्री, प्रतिष्ठित कवि तथा गीतकार एवं गीतकार संघ नेपालका सल्लाहकार एस्पी कोइराला, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापालगायतले भिडियो सार्वजनिक गरेका हुन् ।
समारोहमा ‘हाम्रो यात्राको गन्तव्य’ गीतको भिडियोसँगै एल्बममा समावेश चार गीतका मुखडा श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो । भिडियोको निर्देशन तथा सम्पादन युवराज अधिकारीले गरेका छन् भने मनोज वि.के. र पूजा जिसीले अभिनय गरेका छन् ।
सार्वजनिक गीतहरुमा गायक–गायिका अञ्जु पन्त, जगदीश समाल, प्रविन बेडवाल, सुरेश लामा तथा इस्माइल दासको स्वर रहेको छ । एल्बमका निर्माता सैलु केसी हुन् भने प्रस्तुतकर्ता आदिम कट्टेल रहेका छन् ।








