‘पाँच पाण्डव’लाई युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

चलचित्र पाँच पाण्डबले नेपाली धर्म संस्कृतिलाई बिनासै गर्यो, अब यो चलचित्रलाइृ पूर्ण प्रतिवन्ध लगाउनु पर्छ भनेर सामाजिक सञ्जालमा बिरोध गर्नहरुको गालामा दह्रो थप्पड परेको छ । सेन्सर बोर्डले यति बेला यो चलचित्रलाई सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र प्रदान गर्दै प्रदर्शनको अनुमति दिएको छ । जसका कारण यो चलचित्रलाई बन्द गर्छु भनेर उप्रेका ब्यक्तिहरुको मुखमा बुझो लागेको छ ।

आगामी कात्तिक २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ। मंगलबार बिहान चलचित्र हेरेपछि जाँच समितिले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी उक्त प्रमाणपत्र प्रदान गरेको हो।

युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै चलचित्रलाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले हेर्न पाउनेछन्। निर्माण पक्षले पनि ‘पाँच पाण्डव’लाई सपरिवार बसेर हेर्न मिल्ने सामाजिक चलचित्रका रूपमा प्रस्तुत गरेको छ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ। काली रानी फिल्म्सको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ। यसलाई सामाजिक कथावस्तुमा आधारित चलचित्रका रूपमा निर्माण गरिएको लेखक पौडेलले बताएका छन्।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ। अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा डल्बी एटमस साउन्डको प्रयोग गरिएको छ। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्दैछ।