काजल क्रियसनले मनायो १२ औँ वार्षिक उत्सव


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज

काजल क्रियसन कुपन्डोल ललितपुरले आफ्नो स्थापनाको १२ औँ वर्ष गाँठ मनाएको छ । फेशन डिजाईनर काजल शर्माले यो बुटिक ललितपुरको कुपण्डोलमा सञ्चालन गर्दै आएकी छिन् ।

यसै क्रममा ‘‘काजल क्रियसन’को १२ औं वार्षिक उत्सब भव्यसँग मनाइएको छ । ललितपुरमा एक विशेष कार्यक्रम आयोजना गर्दै केट काटेर शुभकामना आदन प्रदान गर्दै काजलले काजल क्रियसनको १२ औँ वार्षिक उत्सव मनाएकी हुन् । आफ्नो जन्म दिन १ असोजमा उनले यो बुटिक स्थापना गरेकी थिईन् । त्यसैले समारोहमा बुटिकसँगै उनको पनि जन्म दिनको केक काटेर सेलिब्रेसन गरियो ।

सो वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा अग्रज अभिनेत्री एवम् चलचित्र निर्देशक दीपाश्री निरौला थिइन् । उनी टाउकोको अप्रेसनपछि यो सार्वजनिक कार्यक्रममा आएकी हुन् । सौन्दर्य उद्यमी संघ नेपालकी अध्यक्ष एवम् बरिष्ठ ब्युटिसियन सोनी कारंजित, रस्मिलाज फेसिय हालसकी अध्यक्ष रश्मीला श्रेष्ठ, प्रवन्ध निर्देशक प्रकाश श्रेष्ठ, हाइडेन्सी बोर्डिङ स्कुलकी फाउन्डर प्रिन्सिपल कुमुद भट्ट मिसेस हिमालयकी बिजेता निकिता पाण्डे, ब्यवसायी नरेश पाण्डे, व्यबसायी बसन्ती अधिकारीलगायतले काजल क्रियसन र काजललाई शुभकामना दिए ।

२०७१ सालमा स्थापना गरिएको काजल क्रियसनले बिगत एक १२ वर्षदेखि फेशन पारखीहरुलाई उत्कृष्ट फेशन डिजाईन मार्फत सेवा दिँदै आएको छ ।