ब्युटी न्युज नेपाल
काठमाडौं, ७ फागुन
आइतबार काठमाडौंमा सम्पन्न दोस्रो नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा १० जना पत्रकार बिजयी भएका छन् । वरिष्ठ पत्रकार भैरव रिसालले उद्घाटन गरेसँगै सुरु भएको सो अवार्ड समारोहमा लाइफटाइम एचिभमेन्ट अवार्ड कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । पत्रकार ताम्राकारलाई १ लाख रुपैयाँ नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा अर्का बरिष्ठ पत्रकार भुषण दाहाललाई दशकका पत्रकारको रुपमा ५१ ह्जार पुरस्कार राशी सहित सम्मान गरियो ।
जसमा यो वर्षको बिजनेश जर्नालिजम अफ द इयर बाट केटिएम भ्वाइस डटकमका रोयल आचार्यले् हाँसिल गरेका छन् । उनी नयाँ पुस्ताका उम्दा आर्थिक पत्रकार हुन् । यस्तै बेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका बरिष्ट पत्रकार जिबराम भण्डारीले प्राप्त गरेका छन् ।
यसैगरी रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, फोटो जर्नालिस्ट अफ इयरबाट मिन बज्राचार्य, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्ण, बेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमीले हाँसिल गरे ।
कार्यक्रममा बेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, बेष्टस्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, बेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र बेष्ट युटुव च्यानल अफ द इयर अवार्ड मोहन बस्नेतलाई नगद राशीसहित प्रदान गरियो ।
अवार्ड कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफि सम्मान, भिम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्याइस अवार्डबाट सम्मान गरियो ।